महेन्द्रनगर पुगेर ओलीले भने - अगामी निर्वाचनमा कम्तिमा १५० सिट जित्नेछौं

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ४ मंसिरमा हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन् । 

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा भएको कार्याक्रमलाई सम्बोधन गर्दै उनले समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा उक्त सिट जित्ने दाबी गरेका हुन् ।  

उनले आफ्नै बलबुतामा उक्त सिट जित्ने बताए । उनले भने,  ‘अरूको बैसाखी टेकेर होइन । जनताले भोट हालेर जित्छौं ।’ 

नेपाली कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका होलान भन्दै उनले कटाक्षसमेत गरे । ‘कांग्रेसका कार्यकर्ता मनमनै छटपटाएका छन् । खान मन नलागेर घरमा खाना थोरै पस्क भन्छन् । सुत्ने बेला निद्रा लाग्दैन । छटपटिन्छन्’ उनले भने ।

कांग्रेस के पो भयो भन्ने चिन्ता लिइरहेको उनले बताए । उनीहरूलाई चिन्ता नलिन, नतड्पिन र आँशु नखसाउन ओलीले आग्रहसमेत गरे ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १८:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया