प्रदेश १ मा चार वर्षमा २ सय १८ किलोमिटर सडक कालोपत्रे, ८५९ किलोमिटर कच्ची सडक निर्माण

प्रदेश १ मा चार वर्षको अवधिमा २ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ । सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश १ मा विगत चार वर्षको अवधिमा २१७.७२ किलोमिटर कालोपत्रे सडक निर्माण कार्य सम्पत्र भएको हो ।
   
मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त्त सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिए । 

प्रदेश सरकार स्थापनाको चार वर्ष अवधिमा आर्थिक वर्ष २०७५/७६ मा २६ दशमलव १८ किमि, २०७६/७७ मा ५२ दशमलव २१ किमि, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्रे निर्माण सम्पत्र भएको हो ।

८१९ किलोमिटर मर्मत

यसैगरी, सोही अवधिमा ८१९ दशमलव ८२ किलोमिटर सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताए । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ६०१ किलोमिटर, २०७६/७७ मा ६१ दशमलव ५४ किलोमिटर, २०७७/७८ मा ५१ दशमलव १३ किलोमिटर, आर्थिक वर्ष २०७८/७९ मा १०६ दशमलव १६ किमी सडक मर्मत गरिएको हो । 

सोही अवधिमा ८९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १२८ दशमलव नौ किलोमिटर, २०७६/७७ मा २११  दशमलव ३५ किलोमिटर, २०७७/७८ मा १७५ दशमलव ३१ किलोमिटर र आव २०७८/७९ मा  ३८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको मन्त्रालयले जनाएको छ । 

८४९ किलोमिटर कच्ची सडक र ट्रयाक



सोही अवधिमा ८५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा १८१ दशमलव तीन किलोमिटर, २०७६/७७ मा ४७७ दशमलव ८२ किलोमिटर, २०७७/७८ मा १०९ दशमलव १९ किलोमिटर र आर्थिक वर्ष २०७८/७९ मा ९१ दशमलव सात किमि कच्ची सडक निर्माण गरिएको छ ।

मन्त्रालयले  उक्त्त अवधिमा  पहाडी क्षेत्रमा २५४ दशमलव ३६ किलोमिटर सडकको ट्रयाकको खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात दशमलव पाँच किमि, २०७६/७७ मा १४२ दशमलव ५९ किलोमिटर, २०७७/७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८/७९ मा ४९ दशमलव आठ  किलोमिटर सडकको ट्रयाक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
 
सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पत्र गर्नुका साथै १६ दशमलव ८८ किमि सडक सोलिङ गरिएको छ । 



५५ वटा पुल निर्माण 

मन्त्रालयमार्फत सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेबल पुलको निर्माण कार्य सम्पत्र गरेको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १० वटा, २०७६/७७ मा १२ वटा, २०७७/७८ मा आठवटा र आव २०७८/७९ मा २५ वटा पुल निर्माण सम्पन्न गरेको हो । 

सोही अवधिमा प्रदेशभरिमा १०५ वटा झोलुङ्गे पुलको निर्माण सम्पत्र गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सातवटा,   २०७६/७७ मा २९ वटा, २०७७/७८ मा ४४ वटा र आव २०७८/७९ मा २५ वटा झोलुङ्गे पुल निर्माण भएको हो ।

  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १९:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया