मधेसका २२ जिल्लाबाहेक कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु, समानुपातिकमा बस्न पनि सक्छु : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन्।

क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले बताए।

जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २१:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया