साउदी अरबमा सामाजिक सञ्जालमार्फत देशलाई नोक्सान पुर्‍याएको आरोपमा एक महिलालाई ४५ वर्ष जेल

साउदी अरबले सामाजिक सञ्जाल प्रयोग गरी देशलाई नोक्सान पुर्‍याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जालमार्फत सामाजिक पूर्वाधारमा खलल पुर्‍याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।

साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन । यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्विटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्। 

उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघनलगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो । 

उनीहरूलाई आतंकवाद विरोधी र साइबर अपराधविरुद्धको कानुनअन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा समयसमयमा महिला पक्राउ परिरहेका छन् ।  





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ११:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया