राप्रपा नेपालको सचिवालयको बैठक सम्पन्न, के भए निर्णय ?

राप्रपा नेपालले निर्वाचन पूर्वतयारीका सन्दर्भमा विभिन्न निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबार सम्पन्न सचिवालयको बैठकआगामी मंसिर ४ गते हुने निर्वाचनलाई दृष्टिगत राखी विभिन्न निर्णय गरेको हो । 
 
राप्रपा नेपालले भाद्र ३० गते बिहीबारबाट मेचीको काँकडभिट्टाबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ । सो यात्रा महाकालीको वनवासामा पुगी काठमाडौंमा समापन गर्ने सो पार्टीले जनाएको छ । 

आजको बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको छ ।

आजको बैठकमा महामन्त्री सुशील कुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्य प्रगति विवरण प्रस्तुत भएको थियो ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १७:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया