अस्पताल र वृद्धाश्रम निर्माणका लागि १९ कठ्ठा जग्गा दान दिने कांग्रेस नेता भण्डारीको घोषणा

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले सामाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । 

इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन् । 

प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारी दिए । 

आँखा अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उनको भनाइ छ । उक्त जग्गाको मूल्य करिब चार करोडभन्दा बढी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १७:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया