राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।
राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।
तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्ने क्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।
यसअघि बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्ने गरी स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।