शनिबार नैनाको विशेष प्रदर्शनी

गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ को भोलि शनिबार राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन हुने भएको छ । दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ ।

दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन् । सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ।

मधुर बस्नेतको छायाङ्कन रहेको फिल्ममा मेकबहादुर थापाको सम्पादन छ । फिल्ममा पवन रानाको संगीत, जितेन्द्र क्षेत्रीको शब्द छ । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ७:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया