रञ्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

गायक रञ्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ । आफ्नो साङ्गीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गीतिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । गायक लामाले गाएको गीतहरूमध्ये ‘डाँडापारी’, आउन माया आऊ, मुसुक्क नेमा, हुलाकी दाइ, हुक्का, भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत सर्वाधिक चर्चामा छन् ।

गीतलाई एच.बी सुनारले रचना र सङ्गीत गरेका हुन भने साहस शाक्यले सङ्गीत संयोजन गरेका हुन । गायक रञ्जित लामाको स्वर रहेको उक्त गीतमा मञ्जु उपासना विकले साथ दिएका छन् । गीतलाई प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन् ।

भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन् । उनीसँगै मोडल स्मारिका ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् । भिडियोलाई प्रेम लामाले छायाङ्कन र निर्देशन गरेका हुन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ८:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया