पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात अपरुद्ध भएको हो ।
सडक अवरुद्धपछि यात्रुबीच बाटोमै अलपत्र परेका छन् । बिहीबार दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरूपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार सडक खुलाउन अझै केही समय लाग्नेछ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।