पाल्पा-बुटवल सडक पुनः अवरुद्ध
फाइल तस्बिर

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । 

गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्ण रूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ । पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुस्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया