पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : राजेश हमाल
फाइल तस्वीर

अभिनेता राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभई व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अभिनेता हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए । 

उनले कुनै पनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भए पनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पुर्‍याउने बताए । 

अभिनेता हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेशजस्तो खोज्न बेकार रहको बताए । हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्ने कुरामा जोड दिने गरेको बताए । 

'पुस्तकमा हामीले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न पनि बेकार छ । तर पुस्तकमा दर्शाइएको सोच र परिवेशले आफ्नै सोच र परिवेशलाई बुझ्ने मद्दत दिलायो वा दिलाएन त्यसमा भर पर्छ । आफ्नै अनुभवलाई बढाएर हेर्नेकुरा दिलायो कि दिलाएन ? भन्ने ठूलो कुरा हो,’ उनले भने ।



अभिनेता हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताए ।



  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १८:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया