भ्रष्टाचारमा नेपाल दक्षिण एसियामै तेस्रो

काठमाडौं – नेपाल धेरै भ्रष्टाचार हुने दक्षिण एसियाली देशको सूचीमा तीन नम्बरमा परेको छ । ट्रान्स्परेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक (सिपिआई)ले १ सय ८० देशमध्ये नेपाल १ सय २४औँ स्थानमा रहेको देखाएको हो ।

गत सालको सिपिआई प्रतिवेदनले नेपाललाई  १ सय २२औँ स्थानमा देखाएको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीका अनुसार दक्षिण एसियामा भने नेपाल बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको छ । 

प्रतिवेदनअनुसार दक्षिण एसियाली देशमध्ये अफगानिस्तान पहिलो र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेका  छन् । त्यसपछि तेस्रो नम्बरमा नेपाल परेको छ ।  

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ । अध्यक्ष रेग्मीका अनुसार नेपालमा राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार घट्न नसकेको पाइएको हो । ट्रान्सपरेन्सीले १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको हो । 





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १३:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया