मदनकृष्ण श्रेष्ठ भन्छन् - सरकारले क्षणिक लाभ लिने कुरा मात्रै सोचेको छ
फाइल तस्वीर

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताए । 

उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए । उनले सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशीएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने बताए । 

उनले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गरे । उनले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री बिस्थापित गर्न आवश्यक रहेको बताए । 

उनले देशले निर्यात गरेर कमाउने कुनै पनि स्रोतहरू नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको बताए । उनले देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए ।

वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १५:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया