विद्युतीय चार्जिङ स्टेसन पत्ता लगाउने एप सार्वजनिक

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसनलाई लक्षित गर्दै ‘एनईए चार्ज’ एप सार्वजनिक गरेको छ । 

विभिन्न विद्युतीय चार्जिङ स्टेसनलाई चार्जिङको गतिविधिलाई सहज बनाउन उद्देश्यसहित प्राधिकरणले यो एप सञ्चालनमा ल्याएको हो ।

मानिसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनका लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले बताए ।

यो एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ ।

योमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कता छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्नेछन् ।

एपमा क्यूआर कोड स्क्यामार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ ।



साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिन्छ । चार्जिङ स्टेसनहरूमा इन्टरनेटको उपलब्धता अथवा यसको विकल्पको विषयमा पनि प्राधिकरणले काम गरिरहेको उनले जानकारी दिए ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १५:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया