नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को शनिबार बिहान चितवनमा निधन भएको छ ।
६६ वर्षीय भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।
भट्टराईको शव आजै दिनको ३ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको पहल भइरहेको पनि लामाले जानकारी दिए ।
भट्टराईले फिल्म, म्युजिक भिडियो, छोटा फिल्म, टेलिफिल्मलगायत अनगिन्ती प्रोजेक्टमा कला निर्देशनको जिम्मेवारी निर्वाह गरेका छन् । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टराई लामो समयदेखि बिमारी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।