नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकता : बोर्ड अध्यक्ष केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कलाकार र प्रविधिकहरुमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै उनले नेपाली सिनेमा क्षेत्र पनि संसारका सिने उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताए । चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे । 

चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक–दुई दिनभित्र नै मन्त्रालयलाई जानकारी गराउने उनले प्रतिबद्धता जनाए । अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयस्रोतको माध्यम चलचित्र उद्योग बन्ने दाबी गरे । 

चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने उनले बताए । चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभई एकजुट हुन जरुरी रहेको पनि उनको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया