एमालेबाट मोरङ २ (क)मा प्रत्यक्ष ९ र समानुपातिकमा १५ जनाको नाम सिफारिस

मोरङ क्षेत्र नम्बर २ (क)को प्रदेशसभा सदस्य पदको उम्मेदवारका लागि एमालेबाट ९ जनाको नाम सिफारिस भएको छ । शनिबार सौँठामा मोरङ संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश नम्बर २ (क) समन्वय कमिटीका संयोजक दुर्गाबहादुर विष्टको अध्यक्षतामा सम्पन्न बैठकले प्रत्यक्ष तर्फ ९ जनाको नाम सिफारिस गरेको हो । 

समन्वय कमिटीले प्रत्यक्षतर्फ डिबी कार्की, सुभाष पौडेल, मेघनाथ कट्टेल, विष्णु प्रसाद पोखरेल, वसन्त भण्डारी, नारायणप्रसाद ताजपुरिया, इन्दिरा बराल, हरिसागर पौडेल र ओमप्रकाश यादवलाई सिफारिस गरेको छ । 

त्यस्तै, समानुपातिकतर्फ मालती सुब्बा, रुपनारायण मिश्र, किशोर विश्वकर्मा, राधेश्याम राजवंशी, सीता भुजेल, विष्णु कडेल, चन्द्रकला भण्डारी, हसन इमाम बक्स, खगेन्द्र प्रसाद भण्डारी, सावित्रिकुमारी राजवंशी, नुरसादी बेगम, नेवालाल राजवंशी, बलराम मुर्मू, केदार परियार र जनक खड्काको नाम सिफारिस भएको संयोजक विष्टले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २०:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया