इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले बराबरी खेलेको छ । उसले घरेलु टोली एस्टन भिल्लासँग १–१ को बराबरी खेलेको हो ।
भिल्ला पार्कमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी अंक बाँड्न बाध्य बन्यो । खेलको ५० औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । ७४ औं मिनेटमा लियोन बेलीले एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।
यो नतिजासँगै ६ खेलमा १४ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिँदा एस्टन समान खेलबाट ४ अंकका साथ १७ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।