प्रनिनिधिसभा निर्वाचनः एमालेबाट मोरङका ६ क्षेत्रमा १३ जना सिफारिस (सूचीसहित)

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट मोरङका ६ निर्वाचन क्षेत्रमा १३ जना सिफारिस भएका छन् । क्षेत्रीय समन्वय कमिटीहरूले आज ६ वटै क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेका हुन् । 

मोरङ क्षेत्र नम्बर १ बाट स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेसहित पाँच जनाको नाम सिफारिस भएको छ । 

सो क्षेत्रबाट डा. तुम्वाहाम्फेसहित, वर्तमान सांसद घनश्याम खतिवडा, नेताहरू अग्नि भट्टराई, राजेन्द्र पौडेल र सामाजिक अभियन्ता रुद्र तामाङको नाम सिफारिस भएको हो । 

मोरङ क्षेत्र नम्बर २ बाट एमाले मोरङका अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ । ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग पराजित भएका थिए । 

मोरङ क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकालको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । 

२०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले कांग्रेसका सुनील शर्मालाई पराजित गरेका थिए ।  क्षेत्रबाट कांग्रेसले शर्माको एकल नाम सिफारिस गरेको छ । 



मोरङ क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट उनको एकल नाम सिफारिस भएको क्षेत्रीय समन्वय कमिटीले जनाएको छ । 

मोरङ क्षेत्र नम्बर ५ बाट सामाजिक अभियन्ता योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवनको नाम सिफारिस भएको जनाइएको छ । 



त्यस्तै, क्षेत्र नम्बर ६ बाट एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । 

सो क्षेत्रबाट पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । सो क्षेत्रबाट पण्डितसँगै पुरीको नाम पनि सिफारिस भएको हो ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया