कांग्रेसबाट मोरङका ६ क्षेत्रमा तीन गुणा बढी नेता आकांक्षी

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट डेढ दर्जनभन्दा बढी नेता आकांक्षी देखिएका छन् । 

सो पार्टीबाट मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस भएको हो । कांग्रेसका क्षेत्रीय समितिले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो । 

कांग्रेसले क्षेत्र नम्बर १ बाट कांग्रेसले चारजनाको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट संविधानसभा सदस्यसमेत रहेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ ।
 
त्यस्तै, क्षेत्र नम्बर २ बाट बहालवाला संसद तथा पूर्वमन्त्ती डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ । ०७४ को निर्वाचनमा सो क्षेत्रबाट रिजालले एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । 

मोरङ ३ बाट डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । शर्मा अघिल्लो निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ४ बाट ५ जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट महेश आचार्य, भीम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिस भएको हो । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए । 

नेता अमृत अर्यालको नाम क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ । उनीसँगै यो क्षेत्रबाट हसन अन्सारीको नाम पनि सिफारिस भएको छ । 



अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट अर्याल वाम गठबन्धनका शिवकुमार मण्डलसँग पराजित भएका थिए । मण्डल माओवादी केन्द्रका तर्फबाट विजयी भएका थिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ६ बाट चारजनाको नाम सिफारिस भएको छ । सो क्षेत्रबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ । 



अघिल्लो निर्वाचनमा डा. कोइराला एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १९:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया