प्रिमियर लिगमा आर्सनलको पहिलो हार

इंग्लिस प्रिमियर लिगमा आर्सनलले पहिलो पराजय बेहोरेको छ । उसले गएरातिको खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई ३–१ ले  सुम्पिँदै लिगमा पहिलो पराजय बेहोरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले दुई तथा एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा आर्सनलका मार्टिनेलीको गोल गरे पनि भिएएआरमा फउल देखिएका कारण त्यसले मान्यता पाएन । ३५ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डेब्यु खेलमै गोल गरेका हुन् ।

६० औं मिनेटमा साकाले आर्सनललाई १–१ को बराबरीमा ल्याए । ६६ औं मिनेटमा रासफोर्डले घरेलु टोली २–१ को अग्रता दिलाए । ७५ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–१ को जित दिलाए ।

हारका बाबजुद ६ खेलमा १५ अंक जोडेको आर्सनल शीर्ष स्थानमा कायम रहँदा जित निकालेको युनाइटेड समान खेलबाट १२ अंकका साथ पाँचौ‌ स्थानमा  छ ।    





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ७:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया