वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ । अख्तियारले वृहत्तरमा शनिवार पाँच घण्टा लामो छापा हानेर केही योजनाका फाइल नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको अख्तियारका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । 

उनले आयोगमा विभिन्न उजुरीहरू परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरू माग गरिएकोसमेत बताए । वृहत्तरले जानकी मन्दिरमा गरेको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि यसअघि पनि अख्तियारले छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । सो मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको छ ।

वृहत्तरले काम नै नगरी मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्यांकनभन्दा बढी रकम निकासा गरेको लगायत गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेका छन् ।

वृहत्तरका कार्यकारी अधिकृत बलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराइ बेचेको कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ११:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया