युक्रेनको दक्षिणी शहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो,’ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।
भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् ।
यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माइल) उत्तरमा रहेको सानो शहर भाइसोकोपिल्यालाई पुनः कब्जा गरेको दाबी गरेको छ ।
झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।