अलग्गिएका हुन् ललित र सुस्मिता ?

आइपिएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए । तर, अब दुवै अलग्गिएको अनुमान गरिएको छ ।

ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन् । उनको बायोमा आइपिएल फाउण्डर र मुन मात्र लेखिएको छ । यो हेरेका प्रयोगकर्ताले उनीहरू अलग्गिएको अनुमान लगाएका छन् ।

यद्यपि सुस्मिता र ललितको तर्फबाट केही आधिकारिक धारणा आएको छैन । ललितले गत महिना आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेका थिए । फोटोमा उनका साथमा सुस्मिता थिइन् । उनले बायोमा ‘अन्ततः नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम, माइ लव सुस्मिता सेनका साथ’ लेखेका थिए । उनले सुस्मिताको इन्स्टा एकाउण्टमा पनि ट्याग गरेका थिए ।

ललित र सुस्मिताको सम्बन्ध टुट्नुमा प्रमुख कारण सुस्मिताको पूर्वप्रेमी रोहमन शोल रहेको दाबी गरिएको छ । रोहमन र सुस्मिता अलग्गिए पनि उनीहरू प्रायः पार्टीमा सँगै देखिन्छन् । हालै मात्र रोहमनलाई सुस्मिताको जन्मदिन उत्सवमा देखिएको थियो ।

रोहमन र सुस्मिताले अढाइ वर्षको अफेयरपछि गत वर्षको डिसेम्बरमा ब्रेकअप गरेका थिए । उनीहरू त्यो बेला लिभ इन रिलेसनमा थिए । रोहमन सुस्मिताभन्दा १६ वर्ष कान्छा छन् ।

सुस्मिताको यसअघि विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अकरम, संजय नारंग, बंटी सजदेहलगायतसँग नाम जोडिइसकेको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ११:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया