भ्रस्टाचार मुद्दामा प्रधानाध्यापकसहित तीन जनालाई ६ महिना कैदको फैसला

कैलालीको बेहडाबाबा माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक गोविन्द ओझासहित ३ जनालाई भ्रस्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको हो । 

अदालयते सोमबार प्रधानाध्यापक ओझासहित व्यवस्थापन समिति अध्यक्ष दवारी राना र लेखापाल गोपाल सेटीलाई बिगो असुल गर्ने गरी दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको हो । विशेष अदालतले तीनैजनालाई ६/६ महिना कैद र बिगो असुलउपर गर्ने फैसला सुनाइएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

उनीहरूलाई प्रतिव्यक्ति ३ लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो । उनीहरूले २०७० सालदेखि गैर-हाजिर रहेका शिक्षकलाई जानकारी नगराई करिब ३ वर्षको तलबभत्ता भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ । 

यस्तै, विद्यालयका सामान खरिदमा झुटा बिल भर्पाइ बनाएर रकम निकासासमेत गरेको पाइएको अख्तियारको निष्कर्ष थियो । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ११:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया