सामाजिक विकासमन्त्री मोक्तान मकवानपुरका लागि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुवैमा सिफारिस

बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन दुवैको लागि सिफारिसमा परेकी छन् । 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले पोलिटब्युरो सदस्यसमेत रहेकी मकवानपुर जिल्ला इन्चार्ज मोक्तानलाई क्षेत्र नं २ का लागि सिफारिस गरेको हो । माओवादीले उनीसँगै केन्द्रीय सदस्य रामनारायण बिडारीलाई पनि सिफारिस गरेको छ ।

यसैगरी, बैठकले मकवानपुर क्षेत्र नम्बर २ को (क) मा प्रदेश सभाको निर्वाचनको लागि पनि मोक्तानलाई सिफारिस गरेको छ । प्रदेशसभातर्फ नै क्षेत्र नम्बर २ को (क) र (ख) मा ५ जनाको नाम सिफारिस गरेकोमा मोक्तान ५ जनाभित्र पनि परेकी हुन् । 

विशेष प्रदेश कमिटी उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे र बागमती प्रदेश कमिटी सदस्य लबशेर विष्टको नाम प्रदेशसभातर्फ सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को (ख)का लागि प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, पार्टी  मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरिएको पार्टी जिल्ला समन्वय समिति सचिव भीमबहादुर पाख्रिनले बताए । 

यस्तै, बैठकले समानुपातिकतर्फको उम्मेदवारको पनि सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि ठुलीमाया मोक्तान, प्रमिला लामा पुलामी, रञ्जना श्रेष्ठ, सन्तोषकुमार लामा, चन्द्र बहादुर लामा, फुलमाया सिन्तान, रामहरि सुवेदी, लालसिं गुरुङको नाम सिफारिस गरेको छ ।



प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि २१ जनाको नाम सिफारिस गरेको छ । जसमा जीवन पहरी, बच्चु खड्का गोले, बिरबहादुर राई, लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, कृष्ण प्रसाद सुवेदी, पुनम भट्टराई, भगीरथ नेपाल, लिला कुमार घलान, शेख जाहगिर, अप्सरा लोप्चन, ज्योति रायमाझी, बिर्जु पदम लामा, रञ्जित राना, आनन्द घलान, खुसीलाल चेपाङ, ईश्वरी सुनुवार, दिल बहादुर स्याङ्बो, पूर्णिमा दोङ, बिश्वराज थिङ सिफारिसमा परेका हुन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १९:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया