आजबाट सुरू भएकाे महिला साफ च्याम्पियनसिपमा घरेलु टाेली नेपालले विजयी सुरूवात गरेकाे छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे उद्घाटन खेलमा भुटानलाई ४-० ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।
समूह `बी´ अन्तर्गतकाे खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले समान २ गाेल गरे । खेलकाे १२ औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ६८ औं मिनेटमा उनैले टाेलीकाे अग्रता दाेब्बर बनाइन ।
७३ र ८४ औं मिनेटमा अनिताले गाेल गर्दै नेपाललाई ४-० काे सहज जित दिलाइन् । यही खेलमार्फत तीन खेलाडी नेपाली सिनियर महिला टाेलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।
फरवार्ड अमिषा कार्की र मिडफिल्डर दीपा शाहीले सुरूवाती ११ मै रहेर तथा डिफेन्डर समिक्षा घिमिरेले ७४ औं मिनेटमा हीराकुमारी भुजेलकाे स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।
याे जितसँगै नेपालले ३ अंक जाेड्दा भुटानले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ । अब आफ्नो दोस्रो खेलमा भुटानले शुक्रबार तथा नेपालले साेमबार श्रीलंकाकाे सामना गर्नेछन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।