इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले यस्तो बताएकी हुन् ।

उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधतायुक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन् । उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाइसकेको उल्लेख गर्दै बिहीबार अतिथिहरू आउने क्रम जारी रहने बताइन् । 

उपमेयर डंगोलले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनामा कमी हुनसक्ने पनि बताए । उनले बोलाइएका पाहुनाहरू र देशवासीहरूसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताए ।  

‘यो जात्राको महत्व विविधतायुक्त छ । आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो । हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरू आउने क्रम रहनेछ । कोरोनाको केसहरू बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ,’ उपमेयर डंगोलले भनिन् ।

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए । इन्द्रजात्राको लिङ्गो मानन्धर समुदायले उठाउने गर्छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।  





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १२:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया