एमसिसी कार्यान्वयनका लागि नेपाली राजदूत खत्री र एमसिसी पदाधिकारीबीच छलफल

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पदाधिकारीसँग भेट गरेका छन् । खत्रीले बुधबार एमसिसी कार्यान्वयनका विषयमा एमसिसी मुख्यालयका पदाधिकारीसँग अमेरिकाको वासिङ्टन डिसीमा छलफल गरेका हुन् । 

छलफलमा ऊर्जा तथा सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी डलरको एमसिसी सम्झौता कार्यान्वयनबारे कुराकानी भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएके छ । 

एमसीसी कार्यान्वयनबारे छलफल गर्न कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलाका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको टोली भदौ १६ मा नेपाली दूतावास पुगेका थियो ।

नेपालले गत वर्षको फागुन १५ मा प्रतिनिधिसभाबाट बहुमतले एमसिसी सम्झौतालाई अनुमोदन गरेको थियो । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार २१:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया