सत्तारुढ गठबन्धनबीच आसन्न निर्वाचनमा सिट बाँडफाँटको विषय टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार सिट बाँडफाँटको विषय लगभग टुंगोमा पुगेको छ । मंगलबार बेलुकासम्ममा झण्डै ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरोको दाबी छ ।
केही सिटका लागि शीर्ष तहमा छलफल आवश्यक रहेको कांग्रेसबाट कार्यदल सदस्यसमेत रहेका नेता कार्कीले बताए । नमिलेका केही सिटका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने कार्यदलको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।