बिहीबार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर रेलको परीक्षण गरिएको छ । निमार्णको मुख्य कामहरू सम्पन्न भइसकेपछि यस खण्डमा रेल गुडाएर दोस्रो चरणमा परीक्षण गरिएको हो ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनमा आइसकेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर खण्डमा २० चैत २०७८ मा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
दोस्रो चरणमा बिहीबार कुर्थादेखि विजलपुरासम्म रेलको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र साहले जानकारी दिए । उनले १७ किलोमिटर रेल्वे खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गरिएको बताए ।
प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा रेल गुडाएर परीक्षण गरिएको उनले जानकारी दिए । यस खण्डमा रेल गुडाउन सफल भएपछि बिजलपुरा–बर्दिबासको खण्डमा १७ किलोमिटरमा पनि छिट्टै रेल गुडाउने तयारी रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।