म नराम्रो विचार बोकेको मान्छे होइन : शिव परियार

बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् । 

गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो– म नराम्रो विचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन, प्रहार गर्नेहरुको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ ।’ 

उनले आज बिहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी रहेको लेखेका थिए ।  

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियारले फेसबुक पेजमा सो कुरा उल्लेख गरेका थिए । 

त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । धेरैले आलोचना गरेपछि उनले दिउँसो फेसबुकमा पुनः अर्को स्टाटस राख्दै नराम्रो विचार भएको मान्छे नभएको बताएका हुन् । 

गायक परियारले आज विहान फेसबुक पेजमा लेखेका थिए, ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ! यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने  देखियो, कृपया अनुसन्धान होस् ।’ 



अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा समेत उनले बिहान फेसबुकमा राखेका थिए । 

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी  देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस्, तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस विषयमा संवेदनशील हुनुपर्ने अवस्था देख्दछु,’ उनले भनेका थिए । 



उनी यत्तिमै रोकिएका थिएनन् । उनले बिहान फेसबुकमा थप लेखेका थिए, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आए पनि म राजी छु सरकार ।’

  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया