अमेरिका, रुसलगायत देशमा सीधा उडान गर्ने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताएका छन् । 

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुईदिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई विन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताए । 

सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश विन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपालले सीमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई विन्दु एउटा मात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए । 

अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै उनले अब छिट्टै अमेरिका, रुसलगायतका देशमा सीधा उडान गर्ने तयारी सुरु गर्ने जानकारी दिए । यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने उनको भनाइ छ । 

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताए । कनेक्टिभिटीविना विकासको गति लिन सहज नहुने बताउँदै उनले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताए । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया