अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स-नेपाल संसदीय प्रतिनिधिमण्डलबीच भेट

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिहीबार भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको उहाँले प्रशंसा गरे । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । 

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्‍भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै
उच्चस्तरीय भ्रमणको आदान-प्रदानले विद्यमान सम्बन्धलाई गति दिने उनले विश्वास व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे । कोभिड-१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगका लागि उनले धन्यवाद व्यक्त गरे । 

`युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने
वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु,´ उनले भने । 

भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गरे । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले संयुक्त रुपमा प्रयास गर्नुपर्ने, फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी गराउँदै उनले नेपालको लागि सो सम्बन्धमा सहयोग गर्न तत्पर रहेको बताए । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया