सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । 

महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई निमानुसार बहाल कर र सोको जरिवानासहित बुझाउन पत्राचार गरेको हो । 

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 


 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया