५० लाख पुरस्कारको नेपाल ट्यालेन्ट हन्टकोे डिजिटल अडिसन सुरु

नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको आयोजकको दाबी छ ।

आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, निर शहा, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिबार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाई  udition.nepaltalenthunt@gmail.com ​मा पठाउनुपर्नेछ अडिसन भाद्र २९ गतेसम्म खुल्ला रहने छ । 

सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्ला रुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ । थप जानकारीका लागि आयोजकको ९८०३९५९५२३ समेत सम्पर्क गर्न सकिनेछ ।

सोमा विजेता हुने प्रतियोगीले ५० लाख देखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २१:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया