सिट बाँडफाँट कार्यदलले शीर्ष तहमा बुझायो प्रतिवेदन

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलले शीर्ष तहमा प्रतिवेदन बुझाएको छ। कार्यदलले दलहरूको आ–आफ्नो दाबीसहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो। 

शीर्ष तहसँगको समन्वयमा बिहीबार दिनभर कार्यदलले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेको थियो । सोही छलफलपछि प्रतिवेदन तयार गरेर बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

प्रतिवेदनमाथि शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट भागबण्डाबारे टुंगो लगाउने उनले बताए। कार्कीले शीर्ष तहको बैठक शुक्रबार बस्ने जानकारी दिए।

उनले सबै दललाई जितेको अनुभव हुने गरी शीर्ष तहले सिट बाँडफाँटलाई अन्तिम रूप दिने बताए। जसपा सिट बाँडफाँटमा असन्तुष्ट रहेको र गठबन्धन छाड्ने भन्ने विषयमा सत्यता नभएको मन्त्री कार्कीको दाबी छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २१:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया