राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौँ :  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका छन् । पोखरा पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

‘प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्नसक्ने व्यवस्था छैन,’ प्रचण्डले भने ।

उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए । प्रचण्डले राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात बर्से प्रावधान राख्नुपर्छ भनेर आफूले नै भनेको भएकाले त्यसमा आफ्नो अडान परिर्वतन हुने बताए । 

‘यो एमालेको पहलमा होइन, माओवादीको पहलमा यो प्रावधान राख्नु उचित हुन्छ भनेर बहुमतले निर्णय गरेको हो । तर, त्यसमा सर्वसम्मत हुन सकेन,’ उनले थपे ।

प्रचण्डले आफ्नो भारत भ्रमणसँग नागरिकता विधेयकको कुनै साइनो नभएको प्रष्टसमेत पारे । 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १०:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया