नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पष्टीकरण दिएका छन् ।
पोखरा पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा कुनै चर्चा पनि नभएको र आफ्नो कुनै दाबी नरहेको बताए
‘अहिले हामीले प्रधानमन्त्रीको कुनै चर्चा गरेका पनि छैनौँ र अहिले अगाडि नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा गठबन्धन छैन, म पनि छैन,’ प्रचण्डले भने ।
गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको उल्लेख गर्दै आज भोलि नै शीर्ष नेताहरूको बैठकले सहमति जुटाउने दाबी गरे ।
उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोर्याए । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।