चलचित्र निर्देशक लिङ्देनले गरे प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा

निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट उम्मेदवारी दिने भएका हुन् । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ । 

निर्माता तथा निर्देशक लिङ्देनले सीप–योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनको केन्द्रीय कमिटीमा रहेर काम गरिसकेका छन् । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उनले पाँचथर र पाँचथरबासीका लागि निःस्वार्थ भावसहित सांसद वा माननीय नभई एउटा सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे ।

उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’लगायत एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् । 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १४:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया