काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन हो । इन्द्रजात्रा सुरु गर्नुभन्दा पहिलो क्षमा पूजा गरिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह र उपप्रमुख सुनिता डंगोल क्षमा पूजामा सहभागी भएका छन् । उनीहरूले शुक्रबार वसन्तपुरमा इन्द्रजात्रा सुरु गर्नुभन्दा पहिलो पूजामा सहभागी भएका हुन् । उनीहरूले पुजारीको हातबाट टीका र प्रसाद पनि ग्रहण गरे । त्यसपछि कुमारी घरमा पुगेर दर्शन पनि गरेका छन् ।
८ दिनको जात्रामा विशेषगरी कुमारी, गणेश, भैरवलगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरवलगायत विभिन्न देवीदेवताको नाच प्रदर्शन गर्ने गरिन्छ । मूल जात्रामा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ ।
आज दिउँसो कुमारीको रथलाई काठमाडौंको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ ।
हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।