राप्रपा नेपाल मकवानपुरले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य लागि उम्मेदवारको सिफारिस गरेको छ ।
जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ को लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा र क्षेत्र नम्बर २ को लागि पार्टीका महामन्त्री राजाराम बर्तौलालाई उम्मेदवार बनाउने सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको हो ।
राप्रपा नेपालले प्रत्यक्षतर्फ मकवानपुर-१ को ‘क’ का लागि राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी ‘ख’ का लागि दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ, अर्जुन ढुंगाना नाम सिफारिस गरेको छ ।
मकवानपुर २ को ‘क’ का लागि बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाईं ‘ख’ का लागि राधाकृष्ण बिष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामाको नाम सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।