बझाङ माओवादीले सिफारिस गर्‍यो उम्मेदवार [नामसहित]

नेकपा माओवादी केन्द्र बझाङ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । एक निर्वाचन क्षेत्र रहेको बझाङमा माओवादी केन्द्रले संघीय सांसदका लागि धर्मराज विकको नाम सिफारिस गरेको छ । 

प्रतिनिधिसभा समानुपातिकतर्फ देवराज रेग्मी, देवकी मल्ल थापा, धर्मराज विक, लोकेन्द्र सिंह धामी (पिछडिएको खस आर्य), सूर्यकला थापा, कृष्णकुमार सिंह र जगत तामाङ सिफारिस भएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ । देवराज रेग्मी, जनकबहादुर बुढा र मीनबहादुर कुँवर प्रदेशसभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

प्रदेशसभा (क) मा समानुपातिकतर्फ दश जनाभन्दा बढी आकांक्षी देखिएका छन् । समानुपातिकतर्फ कविता विस्त, कमला कुँवर, कुन्ती चौहान, जयन्ती जोशी, तुलसी मल्ल, धुम्रा परियार (ठगुन्ना), विश्वकुमारी श्रेष्ठ, प्रेम आग्री, मिना बुढा, शर्मिला दर्जी सिफारिस भएका छन् ।

माओवादी केन्द्रले प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ नेता भीम भण्डारीलाई एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । समानुपातिकतर्फ भने तीन जनालाई सिफारिस गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति वैकल्पिक सदस्य अस्मित सिंहले जानकारी दिए ।

उनका अनुसार समानुपातिकतर्फ सत्य चिमाडी, प्रेमलाल विक र गम्भीर थापाको नाम सिफारिस गरिएको हो ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १६:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया