साफ यु–१७ः भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता

श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले  लगातार दोस्रो जित निकालेको छ ।  

नेपालले आज कोलम्बोस्थित रेसकोर्स मैदानमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३–१ ले हराएर लगातार दोस्रो जित निकालेको हो । 

यो जितसँगै नेपाल समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दा बेहोरेको भारतले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । 

नेपाललाई जित दिलाउन सरोज दर्लामी ,युनेश बुढाथोकी र सुवास बमले १–१ गोल गर्दा भारतका लागि ड्यानी मेइटीले १ गोल गरे । 

खेलमा सुरुवाती अग्रता भने भारतले लिएको थियो । २५ औं मिनेटमा ड्यानीले टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा सरोजले नेपाललाई १–१ को बराबरीमा ल्याए । 

४९ औं मिनेटमा युनिसले गोल गर्दा नेपाल २–१ ले अघि बढ्यो । ६७ औं मिनेटमा सुवासले गोल गरेपछि नेपालले ३–१ को जित निकाल्यो । 



यो योसँगै समूह चरणमा शतप्रतिशत जित निकालेको नेपालले २ खेलमा ६ अंक जोड्दा पहिलो पराजय बेहोरेको भारतको समान खेलमा ३ अंक रह्यो  । 

यसअघि भुटानविरुद्ध नेपालले २–१ तथा भारतले ३–० को जित निकालेका थिए ।



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १९:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया