संघीय समानुपातिक सांसदका लागि पिछडिएको क्षेत्रबाट निर्मल धामी सिफारिस

नेकपा माओवादी केन्द्र बझाङले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । एक निर्वाचन क्षेत्र रहेको बझाङमा माओवादीले संघीय सांसदका लागि प्रत्यक्षतर्फ धर्मराज विकको नाम सिफारिस गरेको छ ।   

त्यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ पिछडिएको क्षेत्र र खस आर्यबाट लोकेन्द्रसिंह धामी (निर्मल) सिफारिस भएका छन् । धामीसहित देवराज रेग्मी, देवकी मल्ल थापा, धर्मराज विक, सूर्यकला थापा, कृष्णकुमार सिंह र जगत तामाङ पनि समानुपातिकतर्फ सिफारिस भएका छन् ।

समानुपातिकतर्फ सिफारिस भएका धामी माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा छबिसपाथिभेरा गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका धामी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अक्कल धामीसँग केही मतान्तरले पराजित भएका थिए । 

जनयुद्धकालिन राजनीतिक पृष्ठभूमि बोकेका धामी माओवादी पंक्तिभित्र ‘स्ट्रेट​ फर्वाड’ स्वभावका नेता मानिन्छन् । उनी प्रस्ट बोल्ने र स्पष्ट अडान लिने बानी भएको जानकार कार्यकर्ता बताउँछन् । 

धामीले प्रतिनिधित्व गर्ने छबिसपाथिभेरा गाउँपालिका र उनको वडामा माओवादीको द्धन्द्धकालिन बर्चस्व अझै कायम छ । उनको नेतृत्व र क्षमताको धेरै कार्यकर्ता प्रशंसक छन् । धामी ज्याबनी समुदायका बौद्धिक नेताका रूपमा पनि परिचित छन् ।

त्यस्तै, बझाङ प्रदेशसभा (क) मा समानुपातिकतर्फ १० जनाभन्दा बढी आकांक्षी देखिएका छन् । समानुपातिकतर्फ कविता विष्ट, कमला कुँवर, कुन्ती चौहान, जयन्ती जोशी, तुलसी मल्ल, धुम्रा परियार (ठगुन्ना), विश्वकुमारी श्रेष्ठ, प्रेम आग्री, मिना बुढा, शर्मिला दर्जी सिफारिस भएका छन् । 



प्रदेशसभा निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ । देवराज रेग्मी, जनकबहादुर बुढा र मीनबहादुर कुँवर प्रदेशसभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

प्रदेशसभा (क) मा समानुपातिकतर्फ दश जनाभन्दा बढी आकांक्षी देखिएका छन् । समानुपातिकतर्फ कविता विष्ट, कमला कुँवर, कुन्ती चौहान, जयन्ती जोशी, तुलसी मल्ल, धुम्रा परियार (ठगुन्ना), विश्वकुमारी श्रेष्ठ, प्रेम आग्री, मिना बुढा, शर्मिला दर्जी सिफारिस भएका छन् ।



माओवादी केन्द्रले प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ नेता भीम भण्डारीलाई एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । समानुपातिकतर्फ भने तीन जनालाई सिफारिस गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति वैकल्पिक सदस्य अस्मित सिंहले जानकारी दिए । 

उनका अनुसार समानुपातिकतर्फ सत्य चिमाडी, प्रेमलाल विक र गम्भीर थापाको नाम सिफारिस गरिएको हो । 

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १९:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया