महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान आज पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा भारतसँग ३–० गोलको हार बेहोरेको थियो । बंगलादेश भने लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । उसले पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो।

यस्तै, साँझ साढे ५ बजेबाट सुरु हुने दोस्रो  खेलमा  साविक विजेता भारतले माल्दिभ्सको सामना गर्दैछ । भारत लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिने छ । उसले पहिलो खेलमा पाकिस्तानलाई ३–० हराएको थियो ।

माल्दिभ्स भने पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । ऊ पहिलो खेलमा बंगलादेशसँग पराजित ३–० भएको थियो । 





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार ९:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया