‘ब्रह्मास्त्र पार्ट २: देव’ : रणवीरकी आमाको भूमिकामा देखिँदै दीपिका !
फाइल तस्वीर

‘ब्रह्मास्त्र पार्ट १: शिवा’ रिलिज भएको छ । पहिलो भागको कथा रणवीर कपूरको चरित्र ‘शिवा’ वरपर केन्द्रित छ । 

शिवासँग आगो नियन्त्रण गर्ने महाशक्ति हुन्छ । आगोलाई शिवाको यो एउटा 'अस्त्र'का रूपमा देखाइएको छ । शिवाले संसार खतरामा पर्न लागेको सपना देख्छ । त्यसपछि ऊ ब्रह्माण्डको रक्षा गर्न र आफ्ना लुकेका शक्तिहरू पत्ता लगाउन यात्रामा निस्कन्छ । ‘ब्रह्मास्त्र’को पहिलो भाग दोस्रो भागको आधिकारिक घोषणासँगै समाप्त हुन्छ ।

दोस्रो भागको शीर्षक 'ब्रह्मास्त्र भाग २- देव' राखिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ऋतिक रोशन र रणवीर सिंह देवको भूमिका खेल्ने दौडमा छन् । 

इन्डिया टुडेको रिपोर्टअनुसार निर्माताले रणवीर सिंह र ऋतिक रोशनलाई ‘ब्रह्मास्त्र पार्ट २’ मा भूमिका खेल्न अप्रोच गरेका छन् । 'ब्रह्मास्त्र पार्ट वन: शिवा' तीन शृङ्खला मध्येको पहिलो भाग हो ।

फिल्मले नयाँ सिनेमेटिक ब्रह्माण्ड 'द एस्ट्राभर्स' को सुरुवात गरेको छ । ‘ब्रह्मास्त्र पार्ट २’ मा मुख्य नायिकाका लागि दीपिका पादुकोणलाई छनोट गर्न सकिने बताइएको छ । बलिउड लाइफका अनुसार दीपिकाले ‘ब्रह्मास्त्र’को एक दृश्यमा रणवीर कपूरकी आमाको भूमिका निर्वाह गर्ने छिन् ।

दीपिका पादुकोणको चरित्रले शिवाको समग्र प्रगति र परिवर्तनलाई आकार दिने छ । फिल्मको ट्रेलर रिलिज भएदेखि नै फ्यानहरूले फिल्ममा दीपिकाको उपस्थितिको चर्चा गर्दै आएका थिए ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १४:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया