डेंगुको लक्षण देखियो? औषधि सेवनमा ध्यान दिनुहोला

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको पाइन्छ ।

मुख्य लक्षण :

- अचानक उच्च ज्वरो आउनु,

- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,

- सबै शरीर दुख्नु,

- घाँटी बस्नु,



- साना बिबिरा आउनु,

- शरीर चिलाउनु,



- वाकवाकी लाग्नु / वान्ता आउनु,

- छटपटी हुनु,

- रिँगटा लाग्नु,

- निद्रा नलाग्नु,

- हड्डी तथा मांशपेशी निकै दुख्नु

- आँखा तथा घाँटी रातो हुनु

- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनुअघि आफैँ सिटामोल मात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानुहाेला । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता दबाईले रगत पातलो बनाउने र रक्तश्राव बढाउने भएकोले झन खतरा हुन्छ । डेंगु ज्वरोमा  रक्तश्राव भएर ज्यान जान्छ  ।

आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १७:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया