डेंगुका कारण मकवानपुरका १३ वर्षका बालककाे मृत्यु

डेंगुका कारण मकवानपुरमा १३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ चौकीटोल निवासी १३ वर्षीय बालक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

मृत्यु हुनुभन्दा अघि नै डेंगी पुष्टि भएपनि लामखुट्टेकै टोकाइबाट हुने जापानी इन्सेफलाइटिस संक्रमणको आशंकाले परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको थियो ।

तर बालकमा इन्सेफलाइटिस संक्रमण नभइ डेंगु संक्रमण नै पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, ललितपुर जिल्लाको ग्वार्को निवासी ३६ वर्षीय एक पुरुषको पनि डेंगुकै कारण मृत्यु भएको छ । मृतक दुबै जना काठमाडौँको ग्वार्कोस्थित अस्पतालमा केही दिनदेखि उपचाररत थिए ।

बागमती प्रदेशमा हालसम्म डेंगू संक्रमितको संख्या ८ हजार ९१७ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २१:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया